काठमाडौं । राष्ट्रियसभाको आज बस्ने बैठकमा सरकारले सामाजिक सञ्जाल विधेयक फिर्ता लिने प्रस्ताव पेश गर्ने भएको छ। प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संघीय संसद्बाट फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको थियो। राष्ट्रियसभाको १७औँ अधिवेशनमा दर्ता भएको विधेयक हाल सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्थामा थियो।
आजकै बैठकमा प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नेछिन्। यसअघि उक्त विधेयकमाथि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी समितिको अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे बस्नेछ। यसैबीच, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको बैठक आज बिहान ११ बजे बस्नेछ, जहाँ अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि दफावार छलफल हुने जनाइएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्