काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ। विशेष गस्तीमा खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१ तौलुङ क्षेत्रबाट १८ लाख ५० हजार रुपैयाँसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उदयपुर स्थायी घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ४५ वर्षीय प्रबिन किसनलाई बिहीबार बिहान करिब ४:३० बजे शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त नगद बरामद भएको हो।
बरामद गरिएको रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले किसनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आवश्यक कारबाहीका लागि पक्राउ परेका व्यक्ति तथा बरामद नगद आन्तरिक राजस्व कार्यालय हरिहरभवन, ललितपुर पठाइएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्