काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदातालाई भाषण होइन, काम गर्ने पात्रलाई भोट दिन आग्रह गरेका छन्।
शुक्रबार सिरहा र धनुषा जोड्ने कमला पुलको अवलोकनका क्रममा पूर्व मन्त्री घिसिङले आफू काम गर्ने पात्र भएको र त्यसैले मतदाताले मौका दिनुपर्ने बताउनुभएको हो।
अध्यक्ष घिसिङले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका युवाहरू काम गर्न इच्छुक रहेको दाबी गर्दै भन्नुभयो, “पुराना राजनीतिक शक्तिहरूले कामभन्दा बढी भाषण गरे। जनताको हितका लागि काम गर्न युवा नेतृत्व आवश्यक छ।”
उनले काम नगर्ने र जनतालाई छल्नेहरूको समय सकिएको पनि टिप्पणी गर्दै भन्नुभयो, “जो काम गर्छ, उही जनताको प्रिय बन्छ। काम गर्ने नै जननेता कहलिन्छ।”
गुणस्तरीय शिक्षा, कृषि क्रान्ति, सिँचाइ, विद्युतीकरण जस्ता पूर्वाधार क्षेत्रमा आफ्नो पार्टीले काम गर्ने र देशको अर्थतन्त्र उकास्ने योजना अघि सारेको उनले जानकारी दिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्