काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा १३ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
सभापति थापाले आज जारी शोक विज्ञप्तिमा दुर्घटनाको खबरले आफूलाई मर्माहत तुल्याएको र मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्ति कामना गरेको उल्लेख गर्नुभएको छ। उहाँले शोकाकूल परिवारप्रति पार्टी तथा आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ।
थापाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह पनि गर्नुभएको छ।
बिहीबार जन्ती बोकेको बस पुर्चौडी–७, भवनेबाट बझाङतर्फ जाँदै गर्दा बडगाउँ मोडमा दुर्घटनामा परेको थियो। दुर्घटनामा ८ जनाको घटनास्थलमै र ५ जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो। यस घटनामा ३४ जना घाइते भएका छन्। घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्