काठमाडौँ निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन देशभरका सबै वडामा स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयमार्फत ७ सय ५३ वटै पालिकाका ६ हजार ७ सय ४३ वडामा स्वयंसेवक परिचालन गर्न लागिएको आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाल विकास सहजकर्ता, मातृशिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका तथा सामुदायिक सेवा केन्द्रका परिचालकमध्ये अनुभवी व्यक्तिलाई मतदाता शिक्षाका लागि स्वयंसेवकका रूपमा नियुक्त गरिनेछ । यससम्बन्धी कार्यक्रम आयोगले माघ १९ गते नै स्वीकृत गरिसकेको छ ।
स्वयंसेवकलाई मतदाता शिक्षामै केन्द्रित गरी परिचालन गरिने र मत बदर नहुने गरी मतदातालाई जानकारी तथा अभ्यास गराइने आयोगको भनाइ छ । पछिल्ला निर्वाचनहरूमा केही मत बदर भएको देखिएपछि प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा आवश्यक ठहरिएको आयोगले जनाएको छ ।
आयोगले स्वयंसेवक छनोट तथा नियुक्ति प्रक्रिया सम्पन्न गरी आउँदो फागुन ३ गते सातै प्रदेशमा अनुशिक्षण दिने तयारी गरेको छ । अनुशिक्षणपछि स्वयंसेवकहरू देशभरका सबै वडामा खटाइनेछन् ।
आयोगका अनुसार यो कार्यक्रमले मतदातालाई सही तरिकाले मतदान गर्न सहयोग पुग्ने र बदर मतको संख्या घटाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्