काठमाडौँ । बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले मानवीय सहायता स्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
दुर्घटना बिहीबार बैतडीबाट जन्ती लिएर बझाङतर्फ जाँदै गरेको सु–प–प्र–०२–००१ ख १११९ नम्बरको बस पुर्चौडी नगरपालिका–७, बडगाउँमा भएको थियो। यसमा १३ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। घाइतेहरूको उपचार विभिन्न अस्पतालमा भइरहेको छ।
मन्त्रिपरिषद्ले घाइतेहरूको सरकारी अस्पतालमा उपचार हुँदासम्मको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्