Skip to content

कलाकार सुनिल थापाको पोस्टमार्टम रिपोर्ट ‍: मृत्युको कारण मुटुको नसा ब्लकेज

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको मृत्यु मुटुको नसा ब्लकेजका कारण भएको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको पोस्टमार्टम रिपोर्टअनुसार उनको हृदयघातका कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

आइतबार बिहान त्रिवि शिक्षण अस्पतालमा थापाको शवको पोस्टमार्टम गरिएको थियो । रिपोर्टअनुसार हृदयघात हुँदा मुटुको नसा ब्लक भई मृत्यु भएको देखिएको एक चिकित्सकले जानकारी दिएका छन् ।

पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि थापाको शव अस्पतालबाट लगिएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने जनाइएको छ ।

६८ वर्षीय थापाको शनिबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो । बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो ।

नेपाली चलचित्र क्षेत्रमा लामो समय योगदान दिएका अभिनेता थापाको निधनले कला क्षेत्र शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार