काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन परिचालन निर्देशिका ०८२ पारित गरेको छ। उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिले तयार गरेको निर्देशिका आइतबार बिहान भएको भर्चुअल बैठकमा पारित भएको हो।
निर्देशिकामा ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता उल्लेख गरिएको छ। यस अनुसार फागुन १ देखि २१ गतेसम्म पार्टीका सबै नेता तथा कार्यकर्ता आफ्नो पदीय जिम्मेवारी अनुसार चुनावी मैदानमा खटिनेछन्।
निर्देशिकामा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रका प्रतिनिधिहरूले निश्चित जिम्मेवारीसहित तोकेका स्थानमा कार्य सम्पन्न गरेर पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित हुने व्यवस्था राखिएको छ। तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक, अरू सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आफ्नो क्षेत्र, पालिका र वडामा कार्यमा केन्द्रित रहने निर्देशन दिइएको छ।
पार्टीले यस निर्देशिकाबाट व्यवस्थित निर्वाचन परिचालन सुनिश्चित गर्दै प्रत्येक तहका नेता कार्यकर्तालाई सक्रिय बनाउने लक्ष्य राखेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्