काठमाण्डौ । हप्ताको पहिलो दिन आइतबार शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव २५ अङ्कले घटेर २ हजार ६ सय ९८ दशमलव ४४ विन्दुमा झरेको छ ।
आज लगानी र अन्य समूहबाहेक सबै समूहको शेयर घटेको छ । तीमध्ये होटल समूहको शेयर सबैभन्दा धेरै २ दशमलव १३ प्रतिशतले घटेको छ । कारोबार भएका कम्पनीमध्ये १ सय ६८ वटा कम्पनीको शेयर घटेको छ भने ८५ वटाको बढेको छ । ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज कालिञ्चोक दर्शन कम्पनीको शेयर सबैभन्दा धेरै ८ दशमलव ९१ प्रतिशतले घटेको छ । समग्र बजार घटेको दिन सुमर माई हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने सामान्य रूपमा बढेको छ । गएको बिहीबार ११ अर्ब ५८ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ सय ३० वटा कम्पनीका २ करोड ६२ लाख कित्ता शेयर ११ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्