Skip to content

आज पनि बढ्यो सुनको भाउ, तोलाको तीन लाख नाघ्यो

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ । आइतबार तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको सुन आज थप ४ हजार १ सय रुपैयाँले महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ रहेको थियो ।

यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ मा कारोबार भएको थियो भने बिहीबार २ लाख ९५ हजार २ सय रुपैयाँ रहेको थियो । केही दिनयता लगातार वृद्धि हुँदा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ ।

चाँदीको भाउ पनि बढ्यो

सुनसँगै चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदी प्रतितोला २ सय ४० रुपैयाँले बढेर ५ हजार २ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । आइतबार भने चाँदी प्रतितोला ५ हजार १० रुपैयाँ मा किनबेच भएको थियो ।

लगातारको मूल्य वृद्धिले सुनचाँदी बजारमा चासो बढेको व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार