Skip to content

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । वीरगन्जमा अवैध गोदाममा छापा मार्न गएको सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सोमबार वीरगन्ज महानगरपालिका–आदर्शनगरस्थित एक अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमण भएको थियो। आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते हुनुका साथै सशस्त्र प्रहरीका दुई वटा सवारीसाधनमा क्षति पुगेको थियो।

पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आक्रमणमा संलग्न चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि सिसिटिभी फुटेजको आधारमा अनुसन्धान भइरहेको छ।

“अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूको नाम पछि सार्वजनिक गरिनेछ,” बस्नेतले बताए।

संयुक्त टोलीले भन्सार छली गरी सामान भित्र्याइएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो। सशस्त्र प्रहरीले उक्त स्थानबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरका सामान बरामद गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार