काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई जनताले गरेको विश्वासलाई अब मतमा बदल्न आग्रह गरेका छन्।
मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत झुम्कामा आयोजित कार्यक्रममा नेताकार्यकर्तालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसका उम्मेदवार राजीव कोइरालालाई भोट हालेर जिताउन आग्रह गरे।
“तपाईंहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ, माया गर्नुभएको छ। अब यही क्षेत्रबाट राजीव कोइराला दाइलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु,” थापाले भने, “बाँकी कुरा पूरा गर्ने जिम्मा म लिन्छु।”
सभापति थापाले कांग्रेसले विगतमा बोलेका कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतासमक्ष प्रष्ट पार्न नेता–कार्यकर्तालाई आग्रह गरे।
“कांग्रेसले भनेका कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला,” उनले भने, “हामीले जनताको विश्वासमा धोका दिएका छैनौँ, कांग्रेस बदलिएर आएको छ।”
उनले निर्वाचन आचारसंहिताका कारण धेरै कुरा खुला रूपमा राख्न नसकिएको उल्लेख गर्दै बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाका लागि आधारसहित काम गर्नुपर्ने धारणा व्यक्त गरे।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्