काठमाडौँ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि ४७ जिल्लाका १ सय १० निर्वाचन क्षेत्रका कुल १ करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन्।
निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, र सङ्खुवासभाका मतपत्र छापिएका छन्।
यस्तै सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम, मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ र बाँकेका मतपत्र पनि छापिएका छन्।
आयोगका अनुसार अहिले दैनिक १५ लाख मतपत्र छापिँदै छन्। समानुपातिक प्रणालीका लागि २ करोड ८ लाख ३० हजार र पहिलो हुने निर्वाचित प्रणालीका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छाप्ने योजना छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्