Skip to content

ग्यासको अभावपछि अनुगमन तीव्र : समस्या भए हटलाइन नम्बरमा फोन गर्न निगमको आग्रह

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । बजारमा खाना पकाउने ग्यास, खानेतेल, दाल र चामलको भाउ बढ्दा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुगमन तीव्र बनाएको छ।

उपभोक्ताबाट गुनासा बढेपछि विभागले उत्पादक, बिक्रेता, पैठारीकर्ता र सेवाप्रदायक फर्ममा निरन्तर अनुगमन अगाडि बढाएको छ। आयल निगमले ग्यास आपूर्ति भइरहेको दाबी गरे पनि उपभोक्ताले सहजै ग्यास पाउन सकेका छैनन्।

ग्यासको समस्या भएमा निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सकिने निगमको आग्रह छ। साथै उपभोक्तालाई आवश्यकभन्दा धेरै ग्यास भण्डारण नगर्न पनि चेतावनी दिइएको छ।

निगमले चुनावलाई ध्यानमा राखेर फेब्रुअरी महिनाको कोटामा २ हजार मेट्रिक टन ग्यास थप आयात गरेको जानकारी दिएको छ। हाल दैनिक औसत ११० बुलेट ग्यास नियमित रूपमा आयात भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार