काठमाडौं । गत भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनले नेपालको शासन व्यवस्था, अर्थतन्त्र र सामाजिक संरचनामा गम्भीर असर पारेको सरकारी प्रतिवेदनले देखाएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार उक्त दुईदिने आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्र गरी कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । यो क्षति नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १.३८ प्रतिशत र चालु आर्थिक वर्षको कुल बजेटको ४.३० प्रतिशत बराबर रहेको छ ।
प्रतिवेदनअनुसार आन्दोलनका क्रममा ७३ पुरुष र ४ महिला गरी ७७ जनाको मृत्यु भएको थियो भने २ हजार ४२९ जना घाइते भएका छन् । कुल भौतिक क्षतिमध्ये ५३ प्रतिशत सार्वजनिक क्षेत्र, ३० प्रतिशत निजी क्षेत्र र बाँकी ७ प्रतिशत सामुदायिक तथा अन्य क्षेत्रको रहेको उल्लेख गरिएको छ ।
सार्वजनिक क्षेत्रतर्फको ४ अर्ब ४९ करोड ७३ लाख रुपैयाँ क्षतिमध्ये संघीय निकायको हिस्सा सबैभन्दा बढी ६६ प्रतिशत र स्थानीय सरकारको २१.८ प्रतिशत रहेको छ । आन्दोलनका क्रममा सार्वजनिक भवन, सवारीसाधन तथा बहुमूल्य नगद तथा जिन्सीमा तोडफोड र लुटपाट भएको प्रतिवेदनमा उल्लेख छ ।
निजी क्षेत्रमा भने ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यसअन्तर्गत निजी प्रतिष्ठानमा २ अर्ब ७४ करोड रुपैयाँ र सर्वसाधारणको घरपरिवारमा ६८ करोड ४० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । साथै राजनीतिक दलका कार्यालय तथा सामुदायिक संघ–संस्थाको ५९ करोड ७१ लाख रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको जनाइएको छ ।
आन्दोलनका कारण आर्थिक गतिविधि ठप्प हुँदा वस्तु तथा सेवा उत्पादनमा १३ अर्ब ८७ करोड ५६ लाख रुपैयाँको नोक्सानी भएको र २ हजार ३५३ जनाले पूर्ण रूपमा रोजगारी गुमाएको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय योजना आयोगको मूल्यांकनअनुसार क्षतिग्रस्त भवन, सवारीसाधन तथा अन्य भौतिक संरचनाको पुनर्निर्माणका लागि ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्