Skip to content

सुनको भाउ आज तोलामा १ हजार १०० रुपैयाँले बढ्यो

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागिरहेको छ । मङ्गलबारको तुलनामा बुधबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँ पुगेको छ ।

मङ्गलबार प्रतितोला सुन ३ लाख ५ हजार ५०० र चाँदी ५ हजार २४० रुपैयाँमा कारोबार भएको थियो । यसअघि सोमबार सुन ३ लाख ४ हजार ६०० र चाँदी ५ हजार २५० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च विन्दुमा पुगेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ५ हजार ६० अमेरिकी डलर र चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार