Skip to content

‘आफ्नालाई कारबाही नहोस् भन्ने प्रवृत्ति रोक्नुपर्छ’ : अख्तियार प्रमुख राई

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईले आफूनिकटलाई कारबाही नहोस् भन्ने र अरूलाई मात्र कारबाही हुनुपर्छ भन्ने प्रवृत्ति गलत रहेको बताएका छन् । अख्तियारको ३५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा राईले भने, “आफ्ना निकटलाई कारबाही नहोस् भन्ने चाहना राख्ने तर, अरूले कारबाही नभएकोमा गुनासो गर्ने प्रवृत्ति अविलम्ब रोक्न जरुरी छ।”

राईका अनुसार बर्सेनि उही प्रकृतिका कसुर दोहोरिन्छ र आयोगले दिएको सुझाव कार्यान्वयन नभएको कारण जिम्मेवारी पन्छाउने प्रवृत्ति देखिन्छ । उनले भ्रष्टाचार नियन्त्रणका लागि केवल दण्डात्मक उपाय पर्याप्त नभई सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए ।

साथै, बदलिँदो चुनौती सामना गर्न दक्ष जनशक्ति विकास गर्नुपर्ने, सरकारका कार्यकारी निकाय भ्रष्टाचार विरुद्ध सक्रिय र निर्मम नभए सुशासन सम्भव नहुने र देशव्यापी निरोधात्मक अभियानको आवश्यकता रहेको उनले उल्लेख गरे । राईले अख्तियारमा आउने उजुरीको ५० प्रतिशतभन्दा बढी स्थानीय र प्रदेशसँग सम्बन्धित रहेको जानकारीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार