काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ।
अहिलेसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। हालसम्म १३ हजार ३२१ बाकस मतपत्र प्याकिङ गरिएको छ भने प्रतिदिन करिब १३–१५ लाख मतपत्र छपाइ भइरहेको छ।
मतपत्र छपाइ गत पुस २२ गते सुरु भएको थियो। पहिलो चरणमा १० लाख ९८ हजार नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइएको थियो। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ माघ १३ गते दुई करोड ८ लाख ३० हजार मतपत्र पूरा गरी प्याकिङ र ढुवानी तयारीमा राखिएको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीका लागि दुई करोड ३ लाख २३ हजार मतपत्र छापिने बताइएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्