Skip to content

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ जनालाई आयोगले सोध्यो स्पष्टीकरण

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । निर्वाचन आयोगले हालसम्म प्राप्त ५१ उजुरीको आधारमा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई निर्वाचन आचारसंहिता उल्लङ्घन सम्बन्धी स्पष्टीकरण सोधेको छ। अहिलेसम्म ३० जनाले जवाफ दिएका छन्।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार, दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारको मामला प्रेस काउन्सिल नेपालमार्फत् कारबाहीका लागि पठाइएको छ। जिल्लास्तरमा पनि आयोगले प्राप्त उजुरीको आधारमा आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया अघि बढाइरहेको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमनका लागि तोकिएको छ। प्रमुख कोष नियन्त्रक/कोप नियन्त्रक आर्थिक विषयमा अनुगमन गर्दै छन्। आयोगले छोटो समयमा सबै जिल्लाका सरोकारवालालाई आचारसंहिता बारे जानकारी गराएर पालना सुनिश्चित गर्ने र दोषी देखिएमा कानुनी कारबाही अघि बढाउने प्रक्रिया जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार