Skip to content

सुनको भाउमा सामान्य गिरावट, चाँदी बढ्यो

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ५ सय रुपैयाँ पुगेको छ।

हिजो बुधबार सुनको भाउ तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको भाउमा भने वृद्धि भएको छ। आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर ५ हजार ३ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार