काठमाडौं । राष्ट्रियसभाको चालू अधिवेशन राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयअनुसार भोलि राति १२ बजेदेखि अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को सिफारिशमा यो कदम चालिएको हो।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्ति जारी गर्दै अधिवेशन माघ १ गते राति १२ बजेदेखि समाप्त हुने जानकारी दिएका छन्।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएको र अन्य महत्त्वपूर्ण विधेयक नभएको कारण सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्यका लागि सिफारिश गरेको थियो।
चालू अधिवेशनमा राष्ट्रियसभाले पर्यटन विधेयक र चलचित्र विधेयक पारित गरेको छ भने सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गरेको छ। यो अधिवेशन माघ ४ गतेदेखि सुरु भएको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्