काठमाडौँ । उज्यालो नेपाल पार्टी ९उनेपा० का अध्यक्ष कुलमान घिसिङले विद्युत क्षेत्रमा गरेको पहलमार्फत लोडसेडिङ अन्त्य भएको जनताले बुझेको बताए। उनले अब मुलुकका अन्य क्षेत्रमा देखिएको “लोडसेडिङ” अन्त्य गर्ने आफ्नो अभियान अघि बढाइरहेको बताएका छन्।
चुनावी अभियानको क्रममा झापाको दमकमा उपस्थित घिसिङले राजनीतिक क्षेत्रमा देखिएका बेथिति र अव्यवस्थाको लोडसेडिङ अन्त्यका लागि आफूहरू अघि बढेको बताए। उनले भने, “देशका विभिन्न क्षेत्रमा देखिएको बेथिति र अव्यवस्थाको लोडसेडिङ अन्त्य गर्न हामी अघि बढेका छौं। हामी भाषण वा सामाजिक सञ्जालमा मात्र होइन, कामबाट प्रमाणित नेतृत्व हौं। जनताले विश्वास गर्ने छन् र हामी उक्त विश्वासघात गर्दैनौं।”
घिसिङले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि जनताबाट अनुमोदित भएर मुलुकको नेतृत्व गर्ने र नेपाललाई भ्रष्टाचारमुक्त बनाउन काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
झापाको क्षेत्र नं। ५ मा उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवारलाई समर्थन गरेको छ। राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पटेलले पनि सम्बोधन गर्दै परिवर्तनका लागि नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको बताएका छन्।
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीको समर्थनमा झापा–५ बाट युवा उम्मेदवार सविन चाम्लिङ राई उम्मेदवार रहेका छन्। उनी नियमित घरदैलो कार्यक्रम र चुनावी गतिविधिमा सक्रिय रहेको उल्लेख गरिएको छ।
क्षेत्र नं। ५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहका उम्मेदवारी विषयमा बढी चर्चा हुने भएकाले अन्य उम्मेदवारहरू ओझेलमा पर्ने गरेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्