काठमाडौँ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड घनमिटर खनिज ग्यास भण्डारण रहेको पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनमा उक्त परिमाणमा ग्यास रहेको उल्लेख गरिएको हो।
खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार विस्तृत अध्ययनपछि सार्वजनिक गरिएको प्रतिवेदनले प्रारम्भिक अनुमानभन्दा निकै ठूलो परिमाणमा ग्यास रहेको देखाएको छ। यसअघि सो क्षेत्रमा एक अर्ब १२ करोड घनमिटर ग्यास हुनसक्ने अनुमान गरिएको थियो।
यद्यपि व्यावसायिक उत्पादन र उत्खनन क्षमताबारे स्पष्ट जानकारी ‘वेल टेस्टिङ’पछि मात्र प्राप्त हुने विभागले जनाएको छ। ड्रिल गरिएको स्थानमा थप उपकरण प्रयोग गरी परीक्षण गरिने र त्यसपछि मात्र व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढ्ने बताइएको छ।
नेपाल सरकार र चीनबीच दुई अर्ब ४० करोड रुपैयाँको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण सम्झौता भएको थियो। हाल अन्तिम प्रतिवेदनमाथि विभागले थप अध्ययन गरिरहेको जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्