काठमाण्डौ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र विकास कोष ले सबै तयारी पूरा भएको जनाएको छ। विशेष पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा सजावट, सुरक्षा र व्यवस्थापनको काम तीव्र बनाइएको छ।
कोषका अनुसार नेपालसहित भारत, भुटान, बंगलादेश र म्यान्मारलगायत विभिन्न देशबाट श्रद्धालु, साधुसन्त र दर्शनार्थीको आगमन बढ्न थालेको छ। पशुपति क्षेत्रलाई फूल र बत्तीले आकर्षक रूपमा सजाइएको छ।
व्यवस्थित दर्शनको व्यवस्था मिलाउन पर्सि आइतबार बिहान २ बजेदेखि नै मन्दिरका चारै ढोका खोल्ने निर्णय गरिएको कोषले जनाएको छ। भक्तजनले लामो समय लाइन बस्न नपर्ने गरी विशेष व्यवस्थापन गरिएको दाबी पनि गरिएको छ।
दर्शनार्थीको चाप बढ्दै गएपछि सुरक्षा सतर्कता कडा पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग का टोलीहरू परिचालन गरिएको छ। साथै कोषको आफ्नै सुरक्षा टोली पनि खटाइएको जनाइएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्