Skip to content

सुनको भाउ शुक्रबार तोलामा ३ हजार रुपैयाँले घट्यो

कालोपाटी

४ घण्टा अगाडि

काठमाण्डौ ।  सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घटेको छ ।

हिजो १ सय रुपैयाँले मात्रै घटेको सुनको भाउ आज ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ३ सय ४० रुपैयाँले घटेको छ । चाँदी ३ सय ४० रुपैयाँले घटेर तोलाको ५ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ३ सय ४० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार