Skip to content

दुर्गा प्रसाईंलाई विनासर्त रिहा गर्न आम जनता पार्टीको माग

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईंलाई बिनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ। प्रसाईं सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए।

आजपाका प्रवक्ता चन्द्रभूषण साह ले विज्ञप्ति जारी गर्दै रातिको समयमा गरिएको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, “सरकारले आफ्ना आलोचक तथा फरक धारका आवाजलाई निरुत्साहित एवं निस्तेज गर्ने गलत मनसायका साथ पटक–पटक गिरफ्तारी गर्ने र छोड्ने केटाकेटी खेल खेल्नु सरकारको मर्यादा तथा परिपक्वताको बर्खिलाप मात्र नभई विधिको शासन र लोकतन्त्रमाथिको समेत प्रहार हो।”

मानव अधिकार, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता तथा असहमतिका अधिकारमाथि आघात पुग्ने कार्य नगर्न आग्रह गर्दै आजपाले प्रतिशोधपूर्ण गिरफ्तारीलाई तुरुन्त निष्प्रभावी बनाउँदै प्रसाईंलाई बिनासर्त रिहा गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार