Skip to content

काठमाडौँमा एक महिनामै २४ सयभन्दा बढी चालक मापसे कारबाहीमा, ५७७ वटा सवारी दुर्घटना

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले माघ महिनामा २४ सय ४७ जना चालकलाई मादक पदार्थ सेवन (मापसे) र १८ जना चालकलाई लागू पदार्थ सेवन (लापसे) गरेर सवारी चलाएको आरोपमा कारबाही गरेको छ।

मासिक तथ्यांकअनुसार उपत्यकामा ५७७ वटा सवारी दुर्घटना भएका छन्, जसमा १५ जनाको मृत्यु र ६९५ जना घाइते भएका छन्। दुर्घटनाको मुख्य कारण चालकको लापरबाही, तीव्र गति र मादक पदार्थ सेवन देखिएको छ।

यसैबीच, ट्राफिक प्रहरीले एक महिनामा ३७ हजार ४१६ वटा सवारी साधनमा कारबाही गरी २ करोड ७० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। चोरी र हिट एण्ड रन घटनामा समेत निगरानी बढाइएको छ।

प्रहरीले जनचेतना अभिबृद्धि कार्यक्रम अन्तर्गत २४ सय ६३ पटक सचेतनामूलक गतिविधि सञ्चालन गरी करिब ३ लाख नागरिकलाई लाभान्वित बनाएको छ। हराएका सवारी चालक अनुमति पत्र र सवारी इजाजतका लागि ११ हजार ६ सय ५८ जनालाई सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार