Skip to content

मंगलबार २०.७५ अंकले घट्यो नेप्से, सूचक २६४२.१५ मा झर्‍यो

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २०.७५ अंकले घटेर २६४२.१५ बिन्दुमा झरेको छ।

आज ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। रिडी पावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै ५३ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाउँदा सुपरमाई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार