काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी सभापति ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा घोषणा गरेकी छन्। मधेस प्रदेशकी संस्थापक सभापति तथा हाल केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी हुन्।
‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने’ भन्ने मूल नाराबाट प्रेरित भई आफू पार्टीमा आबद्ध भएको उल्लेख गर्दै उनले आसन्न फागुन २१ गतेको निर्वाचनसम्बन्धी पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापनाकालीन मूल्य, पार्टी विधान तथा सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत रहेको अनुभव भएको राजीनामा पत्रमा जनाएकी छन्।
उनका अनुसार संगठनमा दिनरात खटिएका क्षमतावान कार्यकर्ताको योगदानको उचित मूल्याङ्कन नभएको, विधि–विधान विपरीत गतिविधि भएको, पार्टीका सिद्धान्त व्यवहारमा कार्यान्वयन नभएको तथा मुख्यतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रभावित भएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच पुगेको छ।
बाराकी शर्मा यसअघि प्रतिनिधि सभा निर्वाचनका लागि टिकटको अपेक्षामा रहेकी थिइन्। उनले समानुपातिकतर्फ पनि आवेदन दिएकी थिइन्। प्राइमरी निर्वाचनबाट तेस्रो नम्बरमा नाम निकाल्न सफल भए पनि अन्तिम सूची तयार पार्दा उनको नाम सातौँ नम्बरमा राखिएको भन्दै उनले समानुपातिक सूचीमा बस्न अस्वीकार गरेकी थिइन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्