काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संस्थापक सदस्य तथा गत आम निर्वाचनमा प्रत्यक्षतर्फकी उम्मेदवार रहेकी खेम कुमारी भुर्तेल (उर्मिला) ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी छिन्। उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी हुन्।
राजीनामा पत्रमा उनले २०७९ सालको आम निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेकी मधेस प्रदेशकी एक्लो महिला उम्मेदवारका रूपमा आफूले योग्यता, क्षमता र समय समर्पित गर्दै निस्वार्थ भावले पार्टीप्रति निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गरेकी छिन्। तर पार्टी विधि–विधान विपरीत चाप्लुसीवाद र आर्थिक स्वार्थमा लिप्त हुँदै गएको, सक्षम महिला तथा युवाहरूलाई नारामै सीमित राखिएको तथा जिम्मेवारी ग्रहण गर्नुपर्ने ठाउँमा बेवास्ता गरिएको आरोप लगाएकी छिन्।
उनका अनुसार पार्टीभित्र भ्रष्टाचार बढेको, आसन्न फागुन २१ गतेको निर्वाचनसम्बन्धी पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय तथा कार्यशैली स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत भएको अनुभव भएको छ।
सङ्गठनमा दिनरात खटिएका कार्यकर्ताको योगदानको उचित मूल्याङ्कन नभएको, विधि–विधान विपरीत क्रियाकलाप भएको तथा आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रभावित भएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि आँच पुगेको उनको भनाइ छ। पार्टी सङ्कटमा पर्दा आफूले गरेका योगदानबारे पार्टी पङ्क्ति र आम नागरिक जानकार रहेको उल्लेख गर्दै उनले यस्ता गतिविधिको साक्षी बसेर मौन रहिरहन नसक्ने बताएकी छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्