काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले झापा ५ मा रहेका सुकुमबासी र भूमिहीनहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । आज आफ्नो वाचापत्र सार्वजनिक गर्दै उनले अधिकारसम्पन्न आयोग गठन गरेर सुकुमबासीहरूलाई न्याय दिने बताएका हुन् ।
बालेनको वाचापत्रमा भूमि व्यवस्थापन शीर्षकमा तीन बुँदा छन् । पहिलो बुँदामा झापा ५ को भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग गठन गर्ने र १००० दिनमा समाधान निकाल्ने उल्लेख छ ।
बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग चक्लाबन्दी तथा एकीकरण प्रवर्द्धनका लागि ल्यान्ड बैंकको व्यवस्था गर्ने पनि उनले बताएका छन् । ऐलानी जग्गासम्बन्धी उचित व्यवस्था एवं नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी नक्सा अभिलेखीकरण कार्य सम्पन्न गर्ने पनि बालेनको वाचा छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्