काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन हुनभन्दा ७ दिनअघि मदिरा बिक्रीमा रोक लगाउनेबारे छलफल भएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा त्यसबारे छलफल भएको बैठकमा सहभागी एक जना उच्च अधिकृतले बताए ।
मंगलबारको छलफल अनुसार निर्वाचन आयोगले मदिरा बेचबिखन रोक्नेबारे सरकारलाई सिफारिस गर्नेछ । फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आयोगले सिफारिस गरेपछि गृह मन्त्रालयबाट मदिराबारे निर्णय हुने बैठकमा सहभागी ती अधिकृतले बताए ।
उनले भने– ‘कम्तीमा ७ दिन अघिदेखि मदिरा बेचबिखनमा पूर्ण रोक लगाउनुपर्छ भन्ने छलफल भएको छ ।’
मदिरा बिक्रीमा नियन्त्रण नगरेमा त्यसले निर्वाचन सुरक्षामा चुनौती थपिने विश्लेषण गरिएको छ । फागुन १९ मा मनाउन लागिएको तराई होलीलाई व्यवस्थित बनाउन पनि सरकारले मदिरा नियन्त्रण गर्ने तयारी गरिरहेको छ ।
उच्चस्तरीय सुरक्षा समितिले सीमानामा ७२ घण्टाअघि आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्