Skip to content

सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढ्यो

कालोपाटी

५ घण्टा अगाडि

काठमाण्डौ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

सुन तोलामा ६०० रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ७ सय १५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार