Skip to content

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधरणतया बादल तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहको छ।

आज दिउसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। देशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका समेत एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभाग सहित बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार