Skip to content

काठमाण्डौबाट एक हप्तामा साढे ३ लाख बाहिरिए

कालोपाटी

३ घण्टा अगाडि

काठमाण्डौ । काठमाण्डौबाट भोट खसाल्न गाउँ जानेको सङ्ख्या बढेको छ । पछिल्लो एक हप्तामा झन्डै तीन लाख ५० हजार जना काठमाण्डौबाट बाहिरिएका छन् । पर्सि बिहीवार हुने मतदान, सार्वजनिक बिदा तथा होली पर्वका कारण धेरै काठमाण्डौबाट बाहिरिएसँगै काठमाण्डौमा चहलपहल केही कम भएको छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार तथ्याङ्कभन्दा अझ धेरै यात्रु बाहिरिएको हुन सक्ने अनुमान छ । सार्वजनिक गाडीबाहेक निजी र हवाई यात्रामार्फत पनि यात्रुहरु बाहिरिरहेका छन् ।

नागढुङ्का, बल्खु, कोटेश्वर, साँखु, भक्तपुरको जगातीलगायत नाकामा जाँच कडा पारिएको छ । क्षमताभन्दा धेरै यात्रु नबोक्न ट्राफिक प्रहरीको आग्रह छ । सरकारले भोलि राति १२ बजेदेखि मतदान हुने दिन पर्सि बेलुका ५ बजेसम्म अत्यावश्यकबाहेक सबै गाडी सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरिसकेको छ । गएराति १२ बजेदेखि मौन अवधि शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार