Skip to content

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । भक्तपुरबाट हतियारसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–९ घर भई हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बसोबास गर्दै आएका ३१ वर्षीय आयन सेढाईं रहेका छन् ।

सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट उनलाई हतियारसहित पक्राउ गरेको हो ।

भक्तपुर जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगका अनुसार उनको साथबाट सेल्फ लोडेड राइफल, इन्सास एक थान, त्यसमा प्रयोग हुने चार राउन्ड गोली बरामद गरिएको छ

सादा पोसाकमा खटिएको प्रहरीले छापा मारेर रबरको गोली एक राउन्ड, सटगनमा प्रयोग हुने गोली एक राउन्ड, एउटा खुकुरी र बञ्चरो पनि बरामद गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार