काठमाडौँ । काठमाडौँको महाराजगञ्ज र नैकापमा गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएर चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरी–६ घर भएका ५५ वर्षीय कृष्ण मिजार छन् ।
आरोपीहरूलाई थानकोटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।
मंगलबार बिहान नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगञ्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको थियो ।
गाडी आगजनीमा उनीहरूको संलग्नता देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनीहरू दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध रहेको भेटिएको एसएसपी खड्काले जानकारी दिए । गाडी आगजनी गरिएको ठाउँमा सो महाभियानको पर्चा भेटिएको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्