Skip to content

निर्वाचनका सन्दर्भमा स्वास्थ्य सेवा व्यवस्थापनका लागि सम्पर्क व्यक्तिहरू तोकियो

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा स्वास्थ्य सेवा व्यवस्थापनका लागि सम्पर्क व्यक्तिहरू तोकेको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै निर्वाचनका लागि दिइएको सार्वजनिक बिदाको अवधिमा हुनसक्ने सम्भावित घटनाहरूको प्रतिकार्य र स्वास्थ्य सेवा समन्वयका लागि स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रका कर्मचारीहरूलाई सम्पर्कमा रहने व्यवस्था मिलाएको जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार निर्वाचनको समयमा आइपर्ने स्वास्थ्य सम्बन्धी आपत्कालीन अवस्थामा तत्काल समन्वय गर्नका लागि केन्द्र र सातै प्रदेशमा फोकल पर्सनहरु तोकिएको छ।

मन्त्रालयले केन्द्रका लागि ६ जना कर्मचारी र मन्त्रालयका प्रवक्तालाई सम्पर्क व्यक्ति तोकेको छ। साथै मन्त्रालयले सातै वटा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका लागि पनि जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार