काठमाडौं । निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन् ।
आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा भोलि हुने निर्वाचनको तयारी र सुरक्षाको विषयमा छलफल हुने बताइएको छ । भोलि देशैभर प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । सुरक्षा दृष्टिकोणले यसपटकको निर्वाचन संवेदनशील रहेकाले प्रधानमन्त्री कार्कीले सुरक्षा व्यवस्थाको विषयमा चासो राख्दै आएकी छन् ।
बैठकमा सबै सुरक्षा प्रमुखहरुले विफ्रिङ गर्ने बताइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्