Skip to content

टिकटकर तथा युट्युबर रतन कार्की चितवन प्रहरीको नियन्त्रणमा

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । टिकटकर तथा युट्युबर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार मौन अवधिका उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको हो ।

डिएसपी खनालले मौन अवधिमा विभिन्न राजनीतिक दलका उम्मेदवारको भिडियो पोष्ट गरेको जानकारी आएपछि प्रहरीले सम्पर्क गरि कार्कीलाई कार्यालयमा उपस्थित गराएको हो ।

मौन अवधिमा भिडियो पोष्ट गरेपछि सोधपुछका लागि हामीले बोलाएका हौँ, डिएसपी खनालले बताए ।

टिकटकर कार्की जापान बस्दथे । उनी केही दिनयता नेपाल फर्किएर चुनावी माहौलको भिडियो बनाएर टिकटक तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार