Skip to content

रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माद्वारा मतदान

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि रुकुम पश्चिमबाट उम्मेदवार बनेका जनार्दन शर्माले मतदान गरेका छन् ।

प्रलोपाका उम्मेदवार शर्माले बिहीबार रुकुम पश्चिमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालय, सेरीगाउँस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

मतदानपछि सामाजिक सञ्जालमार्फत उनले आफूले सेरीगाउँबाट मताधिकार प्रयोग गरेको जानकारी दिँदै सबै मतदातालाई उत्साहका साथ मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार