काठमाडौँ । दाङमा बाँके राष्ट्रिय निकुञ्ज प्रभावितहरूले मतदान बहिष्कार गरेका छन् । दाङ मध्यवर्ती क्षेत्र बबइ गाउँपालिका-७ देउती मावि मलई मतदान केन्द्र र बबई-१मा रहेको जनता आधारभूत विद्यालयको केन्द्रमा समाचार तयार पार्दासम्म एक जनाले पनि मतदान गरेका छैनन् ।
मतदान अधिकृत चिरञ्जीवी खड्काका अनुसार साढे १० बजेसम्म बबइ गाउँपालिका-७ देउती मावि मलई मतदान केन्द्रमा मतदाता आएका छैनन् । मतदान केन्द्र सुनसान छ । यहाँ ६८२ मतदाता रहेका छन् । त्यस्तै बबइ-१को एउटा केन्द्रको अवस्था पनि यस्तै छ । अहिलेसम्म मतदाता आएका छैनन् । जनता आधारभूत विद्यालयमा ५३० मतदाता रहेका छन् । निकुञ्च प्रभावित संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुरले राङु मगरले आफूहरुले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताउँदै मतदान बताए ।
‘हाम्रो माग सम्बोधन नभए मतदान नगर्ने घोषणा गरेका थियौं’, उनले भने, ‘हाम्रो कुरा सुनुवाइ भएन । गाउँले सबैले सल्लाह गरेर चुनावमा मतदान नगर्ने निर्णय गरेका छौं ।’ लामो समयदेखि बस्ती स्थान्तरणको माग राख्दै आन्दोलनरत पीडितहरुले चुनाव बहिस्कार गर्ने चेतावनी दिँदै आएका थिए ।
दाङका साविकका पञ्चकुले र पुरन्धारा गाविसका केही भू-भागहरूलाई मध्यवर्ती क्षेत्रका रूपमा घोषणा गरिएको थियो । त्यस क्षेत्रमा निकुञ्ज घोषणासँगै वन्यजन्तु वृद्धि भएकाले विभिन्न आफूहरु पीडित भएको स्थानीयको भनाइ छ । वन्यजन्तु बाघकोसमेत आतंक बढेको स्थानीय सञ्चारकर्मी प्रेम पुनले बताए । वन्यजन्तुले बालीनाली र घरपालुवा पशुपन्छी खाइदिने समस्या लामो समयदेखि भोग्दै आएको उनले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्