Skip to content

दाङको बबई-१‍मा अहिलेसम्म खस्यो १० मत, ७मा अझै सुरू भएन

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । दाङको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतको बबई गाउँपालिका–१मा अहिलेसम्म १० मत खसेको छ भने बबई- ७ मलैमा भने अहिलेसम्म मतदान सुरू हुन सकेको छैन।

वडाध्यक्ष प्रेमबहादुर डाँगीका अनुसार बबई– १को गंगटे, भाङोबारीमा भने मतदान जारी भएको छ।

दाङ क्षेत्र नं. ३का निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीका अनुसार वडा नं. १को जिला मतदान केन्द्रमा ८८२ मतदाता छन्।

निर्वाचन अधिकृत सिंजालीले बबई– ७ मलैमा ५३० जना मतदाता छन्।

यो क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो। वन्यजन्तु र मानिस बीचको बढ्दो द्वन्द्वका कारण स्थानीयले पुर्नर्बास अर्थात् बस्ती स्थानान्तरणको माग गर्दै आएका छन्।

वन्यजन्तु प्रभावित स्थानीयले ‘नो– भोट’ भन्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार