काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानसम्बन्धी अद्यावधिक विवरण साँझ ६ बजे दिने भएको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले साँझ ६ बजे आयोगमा पत्रकार सम्मेलन गरी अद्यावधिक विवरण जानकारी गराइने बताए ।
मतदान सम्बन्धी अद्यावधिक जानकारी दिन आज बिहीबार साँझ ६ः१५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, प्रवक्ता भट्टराईले सूचना जारी गर्दै भनेका छन् ।
बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछन् । ५ बजेसम्म लाइन बसेका मतादाताले भने त्यसपछि पनि मतदान गर्न पाउनेछन् । आयोगले दिउँसो पत्रकार सम्मेलन गरी उत्साहजनक रूपमा मतदाताहरू मतदानमा सहभागी भएका छन् । छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान जारी छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्