Skip to content

प्रारम्भिक मतगणनामा दुई क्षेत्रमा कांग्रेसको अग्रता

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले दुई निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्।

प्रारम्भिक मतपरिणामअनुसार ललितपुर–१मा नेपाली कांग्रेसका उदय शम्शेर जंगबहादुर राणा ५२२ मतसहित अग्रस्थानमा छन्।

त्यस्तै मुस्ताङ–१मा नेपाली कांग्रेसका योगेश गौचन थकाली ६८७ मतसहित अग्रता बनाइरहेका छन्।

देशभरका विभिन्न स्थानमा मतगणना जारी रहेकाले परिणाम क्रमशः सार्वजनिक भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार