काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–३मा रास्वपा उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छिन् । रातिबाट सुरु भएको मतगणनामा गौतमले सुरुवाती अग्रता लिएकी थिइन् ।
उनले हालसम्मको मत गणनामा २ हजार ४८५ मत पाइकी छिन् भने उनलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेणु दाहाले पछ्याइरहेकी छिन् । दाहालले १ हजार ७८६ मत पाएकी छिन् ।
एमाले उम्मेदवार शंकर थपलिया तेस्रो स्थानमा रहेका छन् । उनले ५३५ मत पाएका छन् भने कांग्रेसका टेकप्रसाद गुरुङले २७६ मत सहित चौथो स्थानमा रहेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्