काठमाडौँ । बेलबारी नगरपालिका -१० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार साँझ घाँसदाउरा लिएर जङ्गलबाट फर्कने क्रममा तामाङलाई हात्तीले आक्रमण गरेको हो ।
घटनापछि आफन्त साथै स्थानीयले खोजी गर्ने क्रममा बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटरभित्र पर्ने सिर्जना सामुुदायिक वन क्षेत्रमा तामाङको शव फेला परेको प्रहरी प्रमुख गिरीले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्