Skip to content

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको फराकिलो अग्रता, जित लगभग निश्चित

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौँ। प्रतिनिधीसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेद्‍वार महावीर पुन करिब ४ हजार मतगणना बाँकी हुँदा १२ हजार ६०० बढी मतान्तरले अगाडि छन् ।

धवलागिरी, मालिका, मंगला गाउँपालिका, बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको ४१ वटा वडाको मतगणना सकिदाँ पुनले २० हजार २०८ मतसहित अग्रता बनाएका छन् ।

पुनको गृहपालिका अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ को ३९०० मत गणना हुँन बाँकी छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ५२४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिए ।

नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले ६ हजार २७५, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ४१२ मत प्राप्त गरेका छन् । बिहीबार भएको मतदानमा म्याग्दीमा ४६ हजार २१५ मत खसेको थियो । ४२ हजार ४४५ मतगणना सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार