Skip to content

काठमाण्डौ -५मा रास्वपाका सस्मित पोखरेल विजयी

कालोपाटी

५ घण्टा अगाडि

काठमाण्डौ । काठमाण्डौ क्षेत्र नं -५मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेल निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्य चुनावको अन्तिम मतपरिणाम अनुसार उहाँले ३० हजार ७ सय ३७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

नवनिर्वाचित सांसद पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले ९ हजार १ सय ५९ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा नेकपा९एमाले०का ईश्वर पोखरेलले ४ हजार ७ सय १ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले १ हजार ७ सय २९, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले १ हजार १ सय, श्रम संस्कृति पार्टीका अमित थापाले ७ सय ११ मत प्राप्त गर्नुभएको छ । यो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल २५ उम्मेदवार प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार