Skip to content

चितवन-३मा सोविता गौतमको भारी अग्रता, २४ हजारभन्दा बढी मतान्तरले अगाडि

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौँ । चितवन-३को जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम भारी मतान्तरसहित अगाडि देखिएकी छन् ।

६७ हजार १ सय ७४ मत गन्दा गौतमले ३९ हजार ३ सय १९ मत पाएकी छन् । यो २४ हजार ४ सय ४४ मतले अग्रता हो ।

नेकपाकी रेनु दाहालले १४ हजार ८ सय ७५ मत पाएकी छन् । यस्तै, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ५ हजार १ सय १, नेकपा एमालेका शंकर थपलियाले ३ हजार ५ सय ७६ र राप्रपाका दीपक थापाले ८ सय ३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार